दफा ६३
धितोपत्र व्यवसायको किसिम
(१) यस ऐनको प्रयोजनको लागि धितोपत्र व्यवसायलाई देहाय बमोजिमको किसिममा विभाजन गरिनेछः– (क) धितोपत्र दलाली, (ख) धितोपत्र व्यापार, (ग) निष्काशन तथा बिक्री प्रबन्ध, (घ) लगानी व्यवस्थापन, (ङ) लगानी परामर्श सेवा, (च) सामूहिक लगानी कोष व्यवस्थापन, (छ) धितोपत्र दर्ता वा धितोपत्रको केन्द्रीय निक्षेप सेवा वा डिपोजिटरी (कस्टोडियल) सेवा, (ज) धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने सम्बन्धी सेवा, (झ) बजार निर्माता, (ञ) यस ऐन बमोजिम बोर्डले धितोपत्र व्यवसाय भनी तोकिदिएको अन्य कार्य । (२) उपदफा (१) मा उल्लिखित धितोपत्र व्यवसायको कार्यक्षेत्र तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।